Tuesday, 19 May 2015

झण्डा हल्लाएर राहत माग्दै भूकम्प पीडित


झण्डा हल्लाएर राहत माग्दै भूकम्प पीडित तीरगाउँ लापा
(धादिङ) : गाउँमा अलिअलि हिड्न सक्ने र भाग्न सक्ने गाउँको
सिरान (डाँडा)मा जम्मा भएर बसेका छन् । जब आकाशमा
हेलिकोप्टर देखिन थाल्छ डाँडामा जम्मा भएर बसेका भूकम्प
पीडित झण्डा हल्लाउन थाल्छन्। लापा गाउँ विकास
समितिको तीरगाउँमा शनिबार राहत लिएर जाँदै गरेको
हेलिकोप्टरलाई गाउँलेले झण्डा हल्लाएरै आफ्नो ठाउँमा बसाए।
चारैतिर
पहिरो
खसिरहेको
छ ।
सबैजसो
घर
लडेका
छन्।
केही
घरमात्र
बाँकी
छ तर बस्नै सकिँदैन। घर भित्र भएका सामग्री पनि झिक्न सक्ने
अवस्था छैन। पटकपटक आएको भूकम्पको धक्काले घर लड्ने क्रम
जारी छ। मानिसहरू पहिरो नलडेको र नभासिएको ठाउँमा पुगेर
बसिरहेका छन्। सडक सञ्जालले नछोएका धादिङका अधिकांश
गाउ बस्तीका भूकम्प पीडित अझै पनि आकाशमा हेलिकोप्टर
हेरेर राहत कुरिरहेका छन् । गाउँ सबै ध्वस्त भएकाले नक्साङ्कन
पत्ता लगाउँनै कठिन छ। गाउँको स्वरुप नै परिवर्तन भएको छ ।
डाँडा भिरपाखा सबैतिर पहिरो देखिन्छ। केही बस्तीका
मानिस पहिरो छलेर भाग्न सक्ने अवस्थामा छैनन्। स्थानीय गैर-
सरकारी संस्था हिम्स नेपालले यूएमएनबाट पठाइएको राहत
हेलिकोप्टरमार्फत ढुवानी गर्दै गाउ बस्तीमा पु:याउन थालेको छ
।
कोही पनि घरमा बस्न सकिने अवस्था छैन। राहत बाँड्न पुगेको
सरकारी टोलीले भत्केको घरवाला र मृतक परिवारलाई नगद
हस्तान्तरण त गरेको छ तर गाउँमा खानेकुरा नभएकोले पैसा पाएर
पनि गाउँ बासीले राहतको महसुस गर्न नसकेको तिप्लिङका
देङवा तामाङले बताए। उत्तारका विकट बस्तीमा सडक
यातायातमार्फत लैजान नसकिने भएकाले थप समस्या उत्पन्न
भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए। उनले
भने, 'सानो हेलिकोप्टर सबै ठाउँमा पुग्छ, सामान धेरै बोक्न सक्दैन
ठूलो हेलिकोप्टर सबै बस्तीमा पुगेर सामान झार्ने सक्दैन ।
त्यसैले थोरैथोरै गरेर पनि हामीले हेलिकोप्टरमार्फत खाद्यान्न
सामग्री उत्तरी धादिङका बस्ती बस्तीमा पठाइरहेका छौ।' गैर
सरकारी संस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालले घर
भत्किएर बिचल्लीमा परेकाका लागि भनेर दु:खका साथ सामान
जुटाएको सामान यातायात अभावमा ढुवानी गर्न नसकिएको
जानकारी दिए। घरबाट ओड्ने ओछ्याउने समेत निकाल्न नसकेका
कारण बालबालिका, सुत्केरी तथा गर्भवती र वृद्धवृद्धामा
रुघाखोकी, ज्वरो र झडापखालाको समस्या देखिन थालेको छ।